Sunday, 17 January 2016

Sakos Nabal Sahityamaa


न्तरराष्ट्रिय साहित्य सन्जाल नेपाल च्याप्टरको स्रष्टा भेट्घाट कार्यक्रममा


Literature Program ta Parliament Hall









आरम्भ साहित्यिक मंचमा

आरम्भ साहित्यिक मंच

आरम्भ साहित्यिक मंचले नेपाली साहित्यको जगेर्ना गर्दै नयाँ प्रतिभाको खोजीलाई अगाडि बढाउने उद्देश्यका साथ केही सक्रिय स्रष्टाहरुको संलग्नतामा मासिक रूपमा बहुभाषिक काव्यगोष्ठी गर्ने योजना अनुरूप मैतिदेवीमा यसको श्रीगणेश गरीएको हो । यसले नव प्रतिभाहरूका लागि एउटा उपयुक्त मन्च उपलब्ध गराउनुका साथै स्थापित स्रष्टाहरूका रचनाहरू सुन्ने र सुनाउने साथै नेपाली साहित्य र कलाको उत्थानमा केही योगदान पुराउने छ भन्ने बिश्वास हामीले लिएका छौं ।
उदश्य
१)नियमित रूपमा विभिन्नका भाषाका कविता गोष्ठी गर्ने
२) साहित्यिक अन्तरक्रिया कार्यक्रम संचालन गर्ने
३) कविता गोष्ठीमा समीक्षकहरूलाई बोलाएर वाचन गरिएका कवितामा समिक्षा गराई लेखन तथा वाचन शैलीको   विकाश तथा सुधार गर्दै लैजाने
४) आरम्भलाई देशको विभिन्न भागमा लैजाने
५) वरिष्ठ साहित्यकारहरूलाई अतिथिको रूपमा आमन्त्रण गरी नयाँ पुराना स्रष्टाहरू बिच बिचार आदान प्रदान  गराउने

आरम्भको हालसम्मका उपलब्धिहरू
१) करिव दुई वर्षको अन्तरालमा ६१ वटा कविता गोष्ठी समपन्न गरेको
२) आरम्भको ६१ शृङखलासम्म आइ पुग्दा ४ दर्जन भन्दा बढि वरिष्ट साहित्यकारहरुलाई अतिथिको रुपमा आमन्त्रणा गरिएको
३) आरम्भको वार्षिक उत्सवको अव्सरमा कवि तथा टेलिभिजन कलाकारहरूको भव्य उपस्थितिमा गाइजात्रा तथा रोपाँइ  कार्यक्रम समपन्न गरेको
४) आरम्भले हालसम्म सार्क हाऊस , रेडियो अडियो , प्रणवानन्द आश्रममा आप्mनो साहित्यिक शव्द यात्रा समपन्न गरेको । सिस्नोपानी नेपालसंग बिभिन्न समयमा सयुक्तरुपमा हाव्यसभा गर्दै आएको ।
५) देशका राष्ट्रिय स्तरका विभिन्न सञ्चार क्षेत्रमा समाचार सम्प्रेषण गराई यस सस्थाको गरिमा बढाउदै लगेको
६) बेलाबेलामा घट्टेकुलो बिकास समाजसंग सहकार्य गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको
७) यस सस्थामा आबद्व स्रष्टाहरुका विचारलाई  पत्र पत्रिका मार्पmत सम्पेषण्र गराउँदै लगेको
८) नेपाली चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गर्दै आएको

हालसम्म यस शृङ्खलामा प्रमुख अतिथि तथा विशेष अतिथि रुपमा पाल्नुभएका स्रष्टाहरु हुनुहुन्छ –
कृष्ण जोशी ,लक्ष्मण गाम्नागे, नरनाथ लुइटेल, ज्ञानुवाकर पौडेल, चट्याङ मास्टर, तुलसी दिवस, इन्दिरा प्रसाई, बेन्जु शर्मा, कृष्ण धराबासी, उषा शेरचन, श्रवण मुकारुङ, मित्रलाल पंगेनी , देवी  नेपाल, कलाकार मदनदास श्रेष्ठ, अभय कुमार (भारतिय कवि), विष्णु प्रभात, डा. रामदयाल राकेश ,डा तुलसी भट्टराई, मन्जुल, गितकार सुमन नेपाली, राम कुमार पाँडे ,श्यामदास बैश्नव ,गोपाल पराजुली, अषेश मल्ल, बलराम दाहाल, निर्मल कुमार रिमाल, डा राम प्रसाद ज्ञवाली , अर्जुन पराजुली, गोपाल पराजुली, शंकर प्रसाद कोइराला, बैरागी काईला, रबिन्द्र कुमार, भरतकुमार भट्टराई, लक्ष्यबहादुर केसी( अध्यक्ष प्याव्सन),भोज बहादुर शाह – अध्यक्ष मेघा बैक लि), काली प्रसाद रिजाल,धर्मेन्द्र प्रेमर्सी, मनोज गजुरेल, डा गोबिन्दराज भट्टराई आदि ।
अतिथि तथा समिक्षक –,कालीप्रसाद पोखरेल, हरि सिलवाल, छायादत्त न्यौपाने,  डा गंगाप्रसाद अकेला , शेर बहादुर केसी, प्रकाशमणी दाहाल, नेत्र एटम,राजेन्द्र सलव आदी ।
आरम्भ—साहित्यिक शव्दयात्रा
मैतिदेवी चोक, काठमाडौँ
सम्पर्क ः प्रेम वली (अध्यक्ष ),
मोवाइल नं. ९८४१२६८९६२,